भारतीय क्रिकेटर विराट कोहली ३४ वर्षको जन्मदिन मनाउँदै

नयाँ दिल्ली | कात्तिक १९, २०७९

भारतीय क्रिकेटर विराट कोहली ३४ वर्षको  जन्मदिन मनाउँदै

 

नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहली आज ३४ वर्षका भएका छन् । उनको जन्म ५ नोभेम्बर १९८८ मा दिल्लीमा भएको थियो । 

 

विराटको जन्मदिनमा उनकी पत्नी तथा भारतीय अभिनेत्री अनुष्का शर्माले उनलाई विशेष तरिकाले शुभकामना दिएकी छन् । अनुष्काले सामाजिक सञ्जालमा आफ्ना मायालु श्रीमानका केही तस्विर शेयर गर्दै उनलाई जन्मदिनको शुभकामना दिएकी छिन् ।


अनुष्काले आफ्नो आधिकारिक इन्स्टाग्राममा विराट कोहलीको गुफी तस्बिरहरूको श्रृंखला पोस्ट गरेकी छिन्। यी तस्बिरमा विराट कोहलीको अनुहारको भाव हेर्न लायक छ । तस्बिर पोस्ट गर्दै अभिनेत्रीले क्याप्सनमा लेखेकी छिन्, ‘तपाईको जन्मदिन हो मेरो माया त्यसैले यो पोस्टको लागि मैले तपाईको उत्कृष्ट  पोजका तस्विरहरू रोजेकी छु । हरेक अवस्था, रूप र बाटोमा माया गर्छु।


३४ वर्षीय विराट कोहली हालै पाकिस्तानसँगको खेलपछि लगातार चर्चामा छन् । टी–२० विश्वकपमा पाकिस्तानविरुद्धको खेलमा उनले आफ्नो शानदार इनिङ्सको बलमा भारतलाई जित दिलाएका थिए ।


विश्वकपमा उनको प्रदर्शनको निकै तारिफ भइरहेको छ ।  

 

बंगलादेशविरुद्धको खेलमा विराट पुरुष टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । यसअघि श्रीलंकाका क्रिकेटर महेला जयवर्धनेले १०१६ रन बनाएका थिए भने कोहलीले १०६५ रन बनाएका छन्। एजेन्सी। 

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्